Lumbini Rise
बुटवलमा माओवादी अध्यक्ष प्रचण्डले गरे  स्व. टंकमणीको शालिक अनावरण, पुस्तकपनि विमाेचन

बुटवल- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. रामप्रसाद बञ्जाडे टंकमणिको शालिक अनावरण गरेका छन् । माओवादी नेता टंकमणिको शालिक अनावरण गर्नुका साथै टंकमणि : एक क्रान्ति विजक नामक पुस्तकको विमोचन पनि गरेका छन् ।

शहीद स्मृति प्रतिष्ठान नेपालले बनाउन लागेको शालिक र पुस्तक प्रचण्डले आइतबार बुटवलमा आयोजित कार्यक्रममा अनावरण र विमोचन गरेका हुन् । उक्त कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र अन्य विषयमा केही बोलेनन् । उनले स्व. टंकमणि र उनको परिवारको विषयबाहेक अरु विषयमा बोलेनन् ।

अध्यक्ष प्रचण्डले राम्रो प्रतिरोध गर्न सकिएकाले जनयुद्व सफल भएको तर्क गर्दै तत्कालिन अवस्थामा पार्टी कामका लागि सप्लाई र प्राविधिक काम जटिल भएको बताउंदै सप्लाई र प्राविधिक काम गरेर टंकमणिले जनयुद्व सफल बनाउन ठूलो योगदान पुराएको स्मरण गरे ।

बाहिरको मासमा नदेखिने, सांसद, मन्त्री पनि नहुने तर पार्टी भित्र राम्रो काम गरेका टंकमणिको योगदान उच्च रहेको बताउंदै अध्यक्ष प्रचण्डले भने– पार्टीमा ठूलो योगदान पुराएपनि टंकमणिलाई पार्टीले केही गर्न नसकेको र मैले पार्टीमा आत्मसमिक्षा गरिसकेको छु, अब हामी माझ टंमणि नभएपनि उहांले पुराएको योगदानलाई कदर गरेर घरपरिवारलाई सहयोग गर्नुपर्छ ।उनले टंकमणिको स्मरण गर्दै जनयुद्धको समयमा जोखिम मोलेर जिम्मेवारीपूर्ण काम गरेका योद्वालाई कहिल्यै भुल्न नहुने बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादीको मात्र नभइ सिंगो समाजको नेता भएको बताउंदै परिवर्तनका लागि लडेका योद्धा टंकमणिको शालिक बनाउन सहयोग पुराउने बताए । आफुहरु काग्रेस माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्के पनि पालिकामा गठबन्धनको मर्म अनुसार काम गरिएको प्रमुख पाण्डेले बताए ।

540532896_25027342460204600_4614327479505043681_n-1756635915.jpg


स्व. टंकमणिको शालिक अनावरण र पुस्तक विमोचन कार्यक्रममा माओवादी केन्द्रका पार्टीका उपमहासचिव बर्षमान पुन, पार्टी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणि खनाल, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व मन्त्रीहरु रेखा शर्मा, पार्टीका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरुको सहभागिता थियो ।
विद्यार्थीबाट राजनीतिमाच लागेका टंकमणिको २०७८ साल मंसिर ८ गते बुटवलमा मोटरसाईकल दुर्घटनामा परी मुत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update