Lumbini Rise
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर

सुलीकोट -गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको भिभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालिन बस घुम्ति सडकमा मङ्गलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीका अनुसार घाइतेहरुलाई तत्काल स्थानीय र इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उपचारका लागि आरुघाट आधारभूत अस्पतालमा लगिएको छ ।

बस दुर्घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ । अहिले इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटनस्थलमा पुगेर घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update