Lumbini Rise
बुटवल भैरहवाको कर्फ्यु सकियो, आज के हुन्छ ?

बुटवल– जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गरी  बुटवल भैरहवामा लगाइएको कर्फ्यु आज (मंगलबार) पनि निरन्तरता दिने की नदिने भन्नेबारेमा प्रशासनले छलफल गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठक आह्वान गरिएकाले त्यसपछि बस्तुगत अवस्थाका आधारमा निर्णय गरिने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीजिवि रानाले बताए । उनका अनुसार प्रहरी अधिकारीहरुको विफ्रिङका आधारमा कर्फ्यु लगाउने वा निषेधाज्ञा मात्रै गर्ने भन्ने निर्णय गरिने छ ।

जेनजीले सोमबार बुटवल भैरहवाका काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड गरेपछि कर्फ्यु  लगाएको थियो । सोमबार अपराह्न ४ बजेदेखि मिति राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रशासन श्रोतका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रका निश्चित ठाउँमा निषेधाज्ञा जारी हुन सक्ने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update