Lumbini Rise
लुम्बिनी विकास कोषद्वारा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली

लुम्बिनी- जेनजिहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका युवा विद्यार्थीहरूप्रति लुम्बिनी विकास कोषले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

‘आन्दोलन लोकतान्त्रिक अभ्यासको अभिन्न अङ्ग भए पनि यसको सार्थकता सधैं शान्तिपूर्ण, संयमित र सभ्य तरिकामा मात्र कायम रहन्छ भन्ने कुरामा हामी दृढ छौं’ शोकवक्तव्यमा भनिएको छ । 

कोषले आन्दोलनलाई पूर्णतः शान्तिपूर्ण, धैर्यता र जिम्मेवारीपूर्वक अघि बढाउन सबैमा आग्रह गरेको छ। दिवंगत विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको काममना समेथ कोषले गरेको छ। जेनजी प्रदर्शमा १९ जना विद्यार्थीको मृत्यू भएको छ भने ४ सय जना घाईते भएका छन । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update