Lumbini Rise
संविधान रक्षाका लागि  बुटवलमा शान्तिपूर्ण प्रर्दशन

बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्‍याली प्रदर्शन भएको हो ।

शुक्रबार बुटवलको राजमार्ग चाैराहमा भेला भएका पत्रकार,कानुन ब्यवसायी,उद्योगी ब्यवसायीहरू देश र संविधान रक्षा तथा प्रेस स्वतन्त्रताको रक्षाका लागि ब्यानर र प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।

मध्याह्न करिब १२ बजे बुटवलको राजमार्ग चाैराहबाट सुरु भएको शान्ति र्‍याली मिलनचाेक,बसपार्क,अस्पताललाइन हुँदै ट्राफिक चाेकमा पुगेर काेणसभामा परिणत भएको थियो ।

काेणसभामा नेपाल बार एशाेसिएसन उच्च अदालत बुटवल इकाईका अध्यक्ष गाेविन्द मरासिनी,पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष रामराज पाेखरेल,महासंघ रूपन्देहीका अध्यक्ष दीनेश पाण्डे,सचिव सीपी खनाल लगायतले जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिमा बर्तमान संविधान भित्र रहेर मुलुकलाई निकास दिनुपर्ने र देश र संविधानकाे रक्षा एवं नागरिक तथा प्रेस स्वतन्त्रता कुन्ठीत गर्ने कुचेष्ठा नगर्न चेतावनी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update