सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने
आजै राति ८ः४५ मा कार्कीलाई शपथ खुवाउने तयारी

काठमाडौं - प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो ।
शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८ः४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ।
वार्तामा जेन जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १९:४९
प्रतिक्रिया दिनुहोस्