Lumbini Rise
नेपाली सेनाबाट बाहिर आए केपी ओली  

बुटवल – निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो। 

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारसमेत बनिसकेको छ।

संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका हुन्। यसबारे एमालेले औपचारिक रूपमा जानकारी दिएको छैन।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update