गुल्मी रुरुक्षेत्र पयेकका ९३ बर्षिय हिरामणि ज्ञवाली सम्पर्कविहिन, खोजी गरिदिन अपिल
बुटवल– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं.३ पयेकका ९३ वर्षीय बृद्ध दुईसातादेखि सम्पर्क विहिन भएका छन् । ९३ बर्षिय ९३ बर्षिय हिरामणी ज्ञवाली असोज २७ गते दिउँसो २ बजेदेखि सम्पर्क विहिन भएका हुन् ।
बृद्ध उमेरका ज्ञवाली घरबाटै सम्पर्कविहिन भएपछि परिवारजनले खोजी गरि सहयोग गरिदिन अपिल गरेका छन् ।
गुल्मी रिडि स्थित प्रहरी चौकीमा सम्पर्कविहिन भएकाले वुवाको खोजविनका लागि निवेदन दिइएको कान्छो छोरा प्रकाश ज्ञवालीले बताए । उनले तिहार नजिकै आएको बेला वुवा हराएर निकै धेरै पिडा भएको बताए ।
‘तिहारभरि वुवाको खोजी गरियो, काँही भेटिनुभएन’ प्रकाशले भने –‘कसैले देखेमा वा भेटेमा सम्पर्क गरेर सहयोग गरिदिनुहोला ।’ परिवारजनले भेटिएमा नजिकको प्रहरी चौकी वा आफूहरुको सम्पर्क नम्बर 9849914345 सम्पर्क गर्न भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ २०:२७
प्रतिक्रिया दिनुहोस्



