Lumbini Rise
जेनजी पुस्ताकाे हत्याकाे छानविन गरि कारवाही हुनुपर्छ : विष्णु पाैडेल

बुटवल, कार्तिक १९ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पाैडेलले संसद पुर्नस्थापना गरि संविधान संशाेधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन ।

प्रेस चाैतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् । उनले जेनजी युवा पुस्ताकाे समेत माग सम्बाेधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने बताए । 'संसद पुर्नस्थापना गर्ने, त्यसले संविधान संसाेधन गरि, गैरदलिय सरकार बनाएर चुनावमा जान सकिन्छ' पाैडेलले भने ।

पूर्व अर्थमन्त्री समेत रहेका पाैडेलले जेनजी आन्दाेलनका क्रममा भदाै २३ गते भएकाे घटनाकाे छानविन गरि दाेषिलाई कारवाही हुनुपर्ने बताए । उनले २३ गते जेनजी युवा पुस्ताकाे हत्याकाे घटनाकाे छानविन गरि कारवाही हुनुपर्ने र भदाै २४ गते  भएकाे आगजनी र विध्वंसकाे पनि छानविन गरि कारवाही हुनुपर्ने बताए । 

उनले एमाले जेनजिकाे माग सम्बाेधन गर्ने पक्षमा रहेकाे बताए । साथै उनले अब आउने एमाले अधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने समेत बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update