
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको रिट हिजो हेर्न नमिल्नेमा राखेको थियो।
लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो। उच्च अदालत तुलसीपुर बुटवलको इजलाशले लामिछाने पूर्पक्षका लागि रुपन्देही कारागार चलान भएका छन ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएको हो ।