रविको निवेदनमा उच्चको आदेश, कैफियत प्रतिवेदन माग
बुधबार, भदौ ११, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । न्यायधिस सागर विष्टको इजलासमा लामिछानेद्वारा दायर निवेदनमाथि बुधबार सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
रवि लामिछानेलाई हवाइजहाजबाट नख्खु जेल काठमाडौं लगिंदै
शनिबार, साउन ३१, २०८२
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि...
रवि लामिछानेबारे बाेल्याे कारागार : सामान्य कैदीहरूले पाउने सेवा सुविधा दिइएकाे छ!
शनिबार, साउन २४, २०८२
प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको...
बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेपछि भने –‘पञ्चायतमा पनि यस्ताे हुँदैनथ्यो’
बिहीबार, साउन २२, २०८२
बुटवल– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापती रवि लामिछानेलाई विहिबार भेट गरेका छन् । भैरहवा स्थित जिल्ला कारागारमा दिउँसो सभापती लामिछानेसँग भेट गरी संक्षिप्त कुराकानी समेत गरेका छन् ।भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले रविमाथि प्रतिशोध साँधिएको बताए ।
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी
बिहीबार, साउन १५, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा...
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त
सोमबार, साउन ५, २०८२
रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३...
रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चकाे अस्विकार (पूर्ण फैसला सहित)
शुक्रबार, जेठ ९, २०८२
बुटवल- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामै रहने भएका छन । उच्च अदालतको बुटवल इजलासको आदेशलाई सर्वोच्चले सदर गरेको हो । न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
रवि लामिछानेको आदेश आउने भएपछि रुपन्देही कारागार अघि पनि भिड
शुक्रबार, जेठ ९, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि रुपन्देही कारागार अघि पनि समर्थकहरूको भिड लागेको छ । लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केही बेरमा आदेश आउँदै छ ।
सर्वोच्चमा रवि लामिानेको सुनुवाई आज पनि
शुक्रबार, जेठ ९, २०८२
बुटवल- सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी राखेको छ। सरकारी वकिलको बहस सकिएकाले आज शुक्रबार जाहेरवालाको बहस हुनेछ। दुवै व्यक्तिहरू सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् ।
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
मंगलबार, वैशाख ९, २०८२
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

