Lumbini Rise
रवि लामिछानेको आदेश आउने भएपछि रुपन्देही कारागार अघि पनि भिड

 

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि रुपन्देही कारागार अघि पनि समर्थकहरूको भिड लागेको छ । 

लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केही बेरमा आदेश आउँदै छ । उक्त रिटमा आदेश आउन केही बेर बाँकी हुँदा रुपन्देही कारागारमा रहेका लामिछानेको रिहाइको पर्खाईमा कार्यकर्ताको भिड लागेको हो ।

उता सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड जम्मा भएको हो ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update