
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो ।
रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा थुनामा रहेकाले रास्वपाले यहाँ बैठक गरेको बुझिएको छ ।
रास्वपाका सांसदहरु मंगलबार भैरहवाका आएका हुन । बुधबार बसेको बैटकल लामो समयदेखि भिजिट भिसा प्रकरणको विरोधलाई याथवत राख्ने निर्णय गरेको छ । बैठकले सदनमा र संसदीय समिति हरूमा विभिन्न विधेयकहरूमा भइराखेको छलफल त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हुनुपर्ने सहभागिता र थप सक्रियता बढाउने निर्णय गरको छ भने देशभित्र र प्रवास मा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने सक्रियता बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले समसामयिक राजनीतिक विषयमा अहिलेको परिस्थिति घटनाक्रम उतारचढाव भ्रष्टाचारमा व्याप्त गठबन्धन मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा मुछिएको विषय लगायत, राष्ट्रिय स्वतन्त्र पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानले दलको सदस्यहरूलाई जानकारी गराएका थिए ।
त्यस्तै रास्वपाले पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुर भ्रमणको क्रममा भएको असामयिक अप्रत्याशित निधनप्रति देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
रास्वपाले २०८० साल पुसमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समितिको विस्तारित बैठक र संसदीय दलको बैठक गर्दै काठमाडौँ उपत्यका बाहिर पनि केन्द्रीय स्तरको राजनीतिक उपस्थिति जनाउने अलि फरक अभ्यास गरिरहेको सन्दर्भमा संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसेको स्पष्ट गरेको छ ।
रास्वपाका संघीय सांसदहरुले बैठक शुरुअघि भेट गरेका थिए । बिहान कार्यवाहक सभापति डिपी अर्यालसहित सांसदहरू असिम साह, डा. चन्दा र सोविता गौतमले रविलाई भेटेका हुन् ।
यस्तै बैठक अघि बुधबार बिहान पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको उल्लेख गर्दै हस्ताक्षर संकलनमा समेत सांसदहरू सरिक भएको जिल्लन सचिव विष्णु पौडेलले जानकारी दिए । उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा भएको बैठक भएको हो ।
सभापती लामिछानेमाथि सहकारी प्रकरणको मुद्धासँगै सांसद पद निलम्बनमा परेको छ । लामिछानेको पद निलम्बन भएपनि संसदीय दलको नेता भने अहिलेसम्म चयन गरिएको छैन । २१ सिट रहेको रास्वपा लामिछानेको पद निलम्बन भएसँगै २० सिट बनेको छ । एक सांसद उपसभामुख भएकाले संसदीय दलको बैठकमा १९ सांसदहरुको सहभागिता रहेको थियो ।