भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी
बिहीबार, साउन १५, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा थुनामा रहेकाले रास्वपाले यहाँ बैठक गरेको बुझिएको छ ।


