Lumbini Rise
रवि लामिछानेलाई  हवाइजहाजबाट नख्खु जेल काठमाडौं लगिंदै

बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

 

 

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको  बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो ।

आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं लैजान लागिएको कारागार विभाग श्रोतले पुष्टि गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update