Lumbini Rise
सर्वोच्चमा रवि लामिानेको सुनुवाई आज पनि 

बुटवल- सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी राखेको छ।

सरकारी वकिलको बहस सकिएकाले आज शुक्रबार जाहेरवालाको बहस हुनेछ। दुवै व्यक्तिहरू सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् ।


सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।

बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेका छन् । सरकारी वकिलको बहस पनि सकिएको छ । शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ । लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update