एमालेले बुटवलमा गर्याे प्रर्दशन, संसद पुर्नस्थापनाकाे माग
बुटवल – नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन निकालेकाे छ । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे ।
बुटवल राजमार्ग चाैराहादेखि शुरू भएकाे र्याली ट्राफिकचाैकमा सभामा परिणत हुनेछ ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे संविधान र लाेकतन्त्र रक्षाका लागि प्रर्दशन गरेकाे बताए । बिहान ११ बजे राजमार्ग चौराहाबाट र्याली शुरू हुने भनेपनि साढे १२ बजेमात्रै र्याली सुरू भएकाे थियाे । प्रर्दशनमा प्रचार गरिए भन्दा न्यून मानिसहरूकाे उपस्थिति रहेकाे छ । आमासभालाई एमालेका सचिव छविलाल विश्वकर्माले सम्बाेधन गर्ने छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्



