दाङको लमहीमा गोली चल्यो, एक जना घाइते
लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दाङ- दाङको लमहीमा गोली चलेको छ। लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ।
पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ।
घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ २०:२४
प्रतिक्रिया दिनुहोस्



