Lumbini Rise
नवलपरासी–२ :  कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस

बुटवल - नवलपरासी क्षेत्र नम्बर २ ले  प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको एकल नाम सिफारिस गरेको छ । समानुपातिक जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले बताए । 

राष्ट्रिय सभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको छ ।

 

 

 

कँडेल पूर्वगृहराज्यमन्त्री समेत हुन् । प्रतिनिधि सभा क्षेत्रीय समितिले सिफारिस गरेका नाम जिल्लामा पठाइने छ । त्यसरी पठाइएका नाममा जिल्लाले राय लेखेर मंसिर २६ भित्र प्रदेश समितिमा र प्रदेश समितिले मसान्तभित्र केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

 

प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ र राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update