साहित्यकार देवेन्द्रराज र धर्मी शाक्यको निवासलाई सरस्वती कुन्ज नामकरण
बुटवल– साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यको निवासलाई विहिबार सरस्वती कुन्ज नामकरण गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार जंगबहादुर शाहले विधिवत रुपमा सरस्वती कुञ्ज घोषणा गरेका हुन् ।
९० वर्षिय प्रमुख अतिथि जङ्गबहादुर शाहले दुबै साधक र साधिकालाई शुभकामना दिदै सरस्वती कुञ्ज घोषणा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
पाठक मञ्चका तर्फबाट माधव पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा साहित्यकारहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा साहित्यकार शाक्य दम्पतीले स्वागत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ २०:३५
प्रतिक्रिया दिनुहोस्




