Lumbini Rise
अन्तिममा प्रदीप ज्ञवालीलाई केपी ओलीको धाेका! केन्द्रीय सदस्यमा उम्मेद्वारी

बुटवल - एमाले अध्यक्ष केपी ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्याएर आफूलाई उपाध्यक्षमा अड्काउन खोज्दा प्रदिप ज्ञवालीले विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकालको हस्ताक्षर देखिन्छ । 

उनलाई महासचिव बनाउन खोज्ने वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भने उपाध्यक्षमा उम्मेदवारी परेको छ । ज्ञवालीलाई महासचिवमा लैजान नसकेपछि गुरुङ ढिलो गरी उपाध्यक्षमा मनोनयन दर्ता गर्न पुगेका थिए । 

एमालेको पदाधिकारीबाट कार्यकर्तामा झरेको बताएका ज्ञवाली अपमानको आँसु बगाउँदै भृकुटीमण्डपबाट बाहिरिएका छन् ।

‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठीक भएन,मेरो मन एकदमै दुखेको छ ।  पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने लागेको थियो तर त्यस्तो भएन -’उनले भनेका छन् ।

प्रदीप ज्ञवालीलाई करुणाकाे पात्र नबनाऊ: लेखक आजाद 

लेखक ऋषि आजादले नेकपा एमालेमा प्रदीप ज्ञवालीलाइ पाखा लगाएकाे भन्दै करुणाकाे पात्र नबनाउन सुझाव दिएका छन । उनले सामाजिक सञ्जालमा लेख्दै उनले यस्ताे बताएका हुन । लेखक आजाद भन्छन् - 'हाम्रा केही नेतामा पहलकदमी र प्रतिस्पर्धाकाे भावना छैन । प्रदीप ज्ञवाली हिम्मतका साथ अध्यक्षमा उठेकाे भए पनि हुन्थ्याे । महासचिव र उपाध्यक्षमा उठेकाे भए पनि हुन्थ्याे ।

ओलीले अवमूल्यन गरेकाे भन्ने भाष्य नबनाऊँ । सार्वभाैमसत्ता सम्पन्न प्रतिनिधिहरुले विवेक पुराएर छान्थे नि ।

प्रदीप ज्ञवाली लाेकप्रिय छन् । उनले हार्दैनन् । उनी अपराजित व्यक्ति हुन । तर उनले पनि सध‌ै छत्रछायामा बस्ने, गुटकाे ओत लाग्ने र उत्तराधिकारी खाेज्ने हैन । हिम्मतका साथ प्रतिस्पर्धा गर्ने हाे । तर पनि उहाँलाई अत्यधिक मतले जिताऊँ ।'

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update