बुटवल– नेकपा एमालेको ११ औं अधिवेशनमा रुपन्देहीका नेताहरुको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी रहेको छ । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पुन उपाध्यक्षमै उम्मेद्वारी दिएका छन् ।
रुपन्देही २ का निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका पौडेलसँगै केन्द्रीय सचवि पदमा छविलाल विश्वकर्माको उम्मेद्वारी परेको छ । विश्वकर्मा रुपन्देही १ का निवर्तमान सांसद हुन् ।
यस्तै खुल्ला केन्द्रीय सदस्य तर्फ लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, दधिराम शर्मा, खिमलाल भट्टराई, शिवराज सुवेदी र सावित्रादेवी अर्यालको उम्मेद्वारी रहेको छ । यसैगरी लुम्बिनीको भूगोल तर्फ राजु गुरुङ, भूमेश्वर ढकाल, गोपाल राना, वासुदेव घिमिरे, खुल्ला महिला तर्फ ज्ञानु केसी, भूगोल महिला सदस्य तर्फ गुमादेवी आचार्यको उम्मेद्धारी रहेको छ ।
यसैगरी थारु कलस्टरबाट केन्द्रीय सदस्यमा तुलसी चौधरी, मुस्लिम कलस्टरबाट जलिल मियाँ र केन्द्रीय लेखा आयोग सदस्यमा बाबुराम विश्वकर्मा चुनावी मैदानमा उत्रेका छन् ।



