Lumbini Rise
युवा नेता राजु गुरुङको केन्द्रीय सदस्यमा उम्मेद्वारी, चुनाव जित्ने दावी 


बुटवल-नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा नेता राजु गुरुङले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका छन् । रुपन्देही बुटवलका नेता गुरुङ अध्यक्ष केपि शर्मा ओली समूहबाटै केन्द्रीय सदस्यको उम्मेद्वार हुने सूचीमा रहेपनि नाम समावेश नभएपछि उनले स्वतन्त्र रुपमा लुम्बिनी प्रदेशबाट भूगोलतर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

 रुपन्देही २ बाट लोकप्रिय मतका साथ प्रतिनिधिमा निर्वाचित भएका गुरुङले राजनीतिक भविष्यका लागि उम्मेद्वारी दिएको बताए । ‘कुनै पनि समूहबाट होईन, विगतदेखिको योगदान र इतिहासका आधारमा उम्मेद्वारी दिएको छु, सकरात्मक प्रतिक्रिया छ, म चुनाव जित्छु’ उनले भने । 

युवा संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेकाले गुरुङलाई निर्वाचन जित्न सहज भएको आकल गरिएको छ । गुरुङले आफू विधि र पद्धतिमा चल्ने नेता भएकाले आफूलाई महाधिवेशन प्रतिनिधिले चुन्ने विश्वास व्यक्त गरे । एमालेको ११ औं अधिवेशनमा अध्यक्षमा केपि शर्मा ओली र इश्वर पोखरेल पक्षका विच चुनावी भिडन्त हुँदैछ । 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update