रूपन्देहीमा उज्यालो नेपाल पार्टी गठन
बुटवल– उज्यालो नेपाल पार्टी (उनेपा) ले रुपन्देहीमा २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ । पार्टीको संगठन विस्तार अभियान अन्तर्गत उस्मान अलीको संयोजकत्वमा रुपन्देही जिल्ला समिति गठन भएको हो ।
बुटवलमा बुधबार भएको जिल्ला भेलाले सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) लाई चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य किरण बिकले अब आफूहरुले जनताको माग सम्बोधन गर्ने गरी लाग्नुपर्नेमा जोड दिए ।
उनले समावेशी, अवसर–न्याययुक्त र भविष्य केन्द्रित राजनीतिक अभ्यास उनेपाको मूल लक्ष्य रहेको बताए ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ २०:३७
प्रतिक्रिया दिनुहोस्




