रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
बुटवल– रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुल्सिपुर बुटवल इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्लाको आदेश बदर गरी पुर्पपक्षका लागि तारेखमा राख्न पाउ भनी उच्चमा निवेदन दर्ता भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्



