वुटवल- एकीकृत समाजवादी पुर्नगठन अभियान मार्फत नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रूपन्देही आई छलफलमा जुटेका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहितका पार्टी एकताबद्व भएर नेपाली कम्यूनिष्ट पार्टी गठन भएपछि त्यसप्रति असहमती जनाउदै नेकपा संयुक्तका कार्यवाहक भएपछि भुसाल गृहजिल्ला रूपन्देही पहिलाे पटक आएर छलफलमा जुटेका हुन् । रूपन्देहीमा नेकपा एसकाे तत्कालीन अध्यक्ष, उपाध्यक्ष सचिव सहितकाे टिम भुसालकै साथमा रहेकाे छ ।
शनिबार बुटवलमा लुम्बिनी र रूपन्देहीकाे संयुक्त भेलालाई कार्यवाहक अध्यक्ष भुसालले सम्बाेधन गर्दै मुलुकमा अझै भयावह अवस्था आउन सक्ने भन्दै जनताकाे वाहेक अरू धन्दा नगर्ने पार्टी बनाउने अभियानमा हाेमिएकाे बताए । 'अहिले २ सयकै हाराहारीमा पार्टी पुगे हाेलान्, तर, जनताकाे वाहेक अरू धन्दा नभएको पार्टी भएनन' उनले भने । कार्यवाहक अध्यक्ष भुसालले नेपालका पार्टीहरूले सत्ताकाे लागि जनताकाे गफ गरेर दलाल र विचाैलियासग संगत गरेकाे बताए ।
एमाले अध्यक्ष केपि ओलीले नेकपा बनेकाे बेला चुच्चे रेल र भ्यू टावरकाे गफ गरेर जिल्ल पार्दा जनतामा आक्राेश जन्मिएको बताए । 'ओली जी अझै सत्ता छाेड्दाकाे छटपटीमा हुनुहुन्छ, प्रचण्ड माधव झलनाथहरू पनि त्यहि सत्ताकै लागि एक ठाउँ हुनुभएको छ, यसले मुलुकलाई निकास दिदैन' उनले भने -'क्रान्तिकारी आन्दोलनकाे कार्यक्रम विनाकाे एकता भयाे।'
उनले तत्कालका लागि नभई भविष्य र जनताकाे मात्रै धन्दा गर्नका लागि नेकपा संयुक्तले काम गर्ने बताए । उनले कम्यूनिष्टका नामम दलाल पुजीवादीहरूसंग साठगाठ गरेर काण्ड मच्चाउनेहरूसंग नेपाली जनता सचेत हुनुपर्ने बताए ।
अध्यक्ष भुसालले देशमा बेराेजगारी समस्याले छाेराछाेरी विदेश गएकाे, अर्थतन्त्र तहसनहस भएकाे, दलहरू विभिन्न काण्डमा मुछिएका घटनाले आजित हुदा जेनजी प्रर्दशन भएको बताए । अहिले दलहरू फागुन २१ काे चुनावकाे पक्षमा नरहेकाे तर, चुनाव नभए मुलुक झन संकटमा जाने बताए । भुसालले यी तमाम समस्याकै विच जनताकाे मुद्वा उठाउन आफुहरू देशभर जुटेकाे बताए ।
उक्त भेलाले हरी पराजुलीको संयोजकत्वमा लुम्बिनी प्रदेश आयाेजक कमिटि गठन भएकाे छ । जसकाे सहसंयाेजकमा कृष्ण बहादुर गुरूङ रहेकाे नेकपा (संयुक्त ) का नेता नन्द बन्जाडेले बताए ।
यसैगरि तत्कालिन नेकपा (एस) रूपन्देहीका अध्यक्ष हिराध्वज शाह संयोजककत्व, अबिराम बिक र मीरा श्रेष्ठ सहसंयोजक रहेकाे ६५ सदस्यीय नेकपा (संयुक्त) रूपन्देही जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएकाे छ ।
भेलामा लुम्बिनी प्रदेश र रूपन्देही जिल्लाका नेताहरूकाे उपस्थिति रहेकाे नेता श्रीराम यादवले बताए ।




