Lumbini Rise
नेपाली कम्यूनिष्ट पार्टीबाट रुपन्देही २ मा युवा जेनजीबाट शंकर घर्तीको नाम सिफारिश 


बुटवल– नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि रुपन्देहीले आगामि फागुन २१ गतेको निर्वाचनका लागि उम्मेद्वार सिफारिश गरेको छ । विहिबार बसेको जिल्ला कमिटिको बैठकले रुपन्देहीको क्षेत्र न. २ बाट जेनजी युवा ४० बर्षमुनीको सहितका नेताहरुको नाम सिफारिस गरेको छ ।

बुटवल क्षेत्रमा पर्ने रुपन्देही २ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले २०६४ यताका निर्वाचनमा लगातार जित्दै आएको क्षेत्र हो ।

पछिल्लो जेनजी आन्दोलनपछि मुलुकमा फेरिएको राजनीतिक कोर्सलाई मध्यनजर गर्दै नेपाली कम्यूनिष्ट पार्टीले भने पूराना र युवा जेनजी नेताहरुको नाम यहाँबाट सिफारिश गरेको छ । नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बराल सहित ४० बर्ष मुनीको जेनजी युवाबाट शंकर घर्तीको नाम सिफारिश भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सहितको एकतापछि बनेको नेपाली कम्यूनिष्ट पार्टीले युवा उम्मेद्वार अनिवार्य सिफारिश गर्ने नीति लिएको छ ।

घर्ती ततकालिन नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु उपाध्यक्ष थिए । युवाहरुको प्रतिनिधित्व गर्दै जिल्ला कमिटिले युवाहरुको नाम सिफारिश गरेकोमा बताइएको छ ।

रुपन्देही २ बाट तत्तकालिन नेकपा माओवादी केन्द्रका संयोजक निर्मल जिसि, विश्वदीप पाण्डे, कमल भण्डारी, हुमनाथ न्याैपाने, रामु परियारको नाम सिफारिश गरेको छ । यसैगरी समानुपातिक तर्फ रिज्जु श्रेष्ठ, टिका वली र खुश्बु भण्डारीको नाम सिफारिश गरेको नेकपा रुपन्देहीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update