Lumbini Rise
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा 

काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।

साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत तथा विभेद अन्तयका लागि सञ्चार वकालत गर्ने एक मात्र संस्था जागरण मिडिया सेन्टर भएको उल्लेख गर्नुभयो ।
उहाँले जागरण मिडिया सेन्टरले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियाबाट दलित अधिकार स्थापनाका लागि सञ्चार पैरवी गर्दै आएको र यसको योगदान स्मरण गर्नुभयो ।

जागरण मिडिया सेन्टरले जातिय विभेद, लैगिक विभेद लगाएतका समाजको सबै किसिमको विभेद अन्त्यका लागि यसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको रणनैतिक अभ्यासलाई अझ गतिशिल बनाउनुपर्नेमा उहाँको जोड रहेको छ ।उहाँले यस संस्थाले बुटवलमा दलित समुदायले स्थापना गरेको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो गत भदौ २३ र २४ गते देशभरी जेनजी युवाहरुको आन्दोलन र आक्रमणबाट क्षतिग्रस्त भएको र यसको सञ्चालन रोकिएकोले, रेडियोलाई पुनजिर्वन दिन स्थानीय सरकार प्रदेश र संघीय सरकारसँगै सरकारी तथा गैरसरकारी संघसस्थासँग पहल गर्न आग्रह गर्नुभयो ।

जागरण मिडिया सेन्टरका संस्थापक सल्लाहकार समेत रहनुभएका पूर्व राजदुत सुन्दासले संस्थाको हितमा कुनै पनि परिस्थितीमा संस्थालाई जिवन्त बनाउन आफूले, वौद्धिक तथा वैचारिक रुपमा समेत मार्गदर्शन गर्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

संविधान सभा सदस्य तथा संस्थापक सल्लाहकार विनोद पहाडीले संस्थालाई परेको आर्थिक संकट र विपत्तिमा सबैले मन खोलेर सहयोग गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । रेडियो जागरण ९३ दशमलव ६ मेघाहर्ज जेन्जी आन्दोलनबाट आक्रमणमा परी वन्द अवस्थामा रहेकाले यसको पुर्नउत्थान तथा सञ्चालनका लागि सरकार तथा दाताहरुसँग पनि सहयोग माग्न पछि हटन नहुनुे उहाँले धारणा राख्नुभयो ।

जागरण मिडिया सेन्टरले देशभरीमा दलित समुदायको न्यायको लागि आवाजको दुनियामा कलम चलाउन सक्ने हजारौं दक्ष दलित पत्रकार जन्माएको र उनीहरुको कार्य क्षमता, दक्षता अभिवृद ीगर्न फेरी पनि जागरण मिडिया सेन्टर नै एक मात्र संञ्चार संस्था भएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो अवस्थामा विश्वव्यापी रुपमा आर्थिक मन्दी र दाताहरुको संकटको प्रभाव यस संस्थामा पनि परेकाले अव स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर फेरी पनि दलित समुदायको अधिकार स्थापनाका लागि अघि वढ्नुपर्ने धारणा राख्नुभयो ।

दलित समुदायको पत्रकार वृति विकास र क्षमता विकासका लागि देशभरी प्रदेश तहमा कार्यक्रम र छलफल र विचार गोष्ठीलाई निरन्तरता दिन सरकारसग पहल गर्न संस्थाका नेतृत्वलाई सुझाव दिनुभयो ।उहाँले नेपाली समाजको जागरण र चेतनाको खातिर जागरण मिडिया सेन्टरले निर्माण गरेको दलन सिरियललाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा यसको विगुल फुक्न जेनजी युवाहरुको समेत ध्यानकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

दलित समुदायका युवा सञ्चारकमीहरुको जोडवलमा स्थापना भएको र स्थापनाकालदेखी विभिन्न खाल्का आर्थिक अभाव र चुनौती तथा संघर्षबाट लड्दै आएको यस संस्था दलित अधिकार स्थापनाका लागि आन्दोलनको कडी अर्थात मेरुदण्ड हो उहाँले भन्नुभयो ।
जागरण मिडिया सेन्टरका सस्थापक उपाध्यक्ष  तथा सल्लाहकार कृष्ण रणपालले आगामी कार्यदिशा र संस्थागत विधी विधान, नीति नियम र रणनीतिलाई समयसान्दर्भिक बनाउदै समाजमा सामाजिक न्याय समानता र विभेद विरुद्ध सञ्चार वकालतको गति तिव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दलित समुदायमाथी रणनैतिक ढंगले अझै पनि कहि कतै विभेद र छुवाछुत भईरहकाले यसको निरन्तर वकालत र पैरवी गर्नुपर्ने बताउनुभयो ।दलित समुदायको राजनीतिक आर्थिक र सामाजिक ससत्तिकरणका लागि नीतिगत व्यवस्था गरिएपनि सहभागिता र निर्णायक भूमिका कमजोर भएकाले वैचारिक वहस र आन्दोलनका रणनैतिक अभ्यासमा सार्वजनिक लेखाजोख ागर्नुपर्नै आवश्यकता औल्याउनुभयो ।

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले जागरण दलित समुदायको चेतना र अधिकारका लागि सञ्चारको धरोहर भएकाले आगामी दिनमा यसको गति वढाउन सबैसँग सहकार्य र समन्वयको सम्बन्ध मजवुत बनाउने प्रतिवद्धता गर्नुभयो ।

संस्था स्थापना भएको २५ वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेश गर्नु भनेको हाम्रो संघर्षको इतिहास लामो भएको संकेत हो, तर लक्ष्य पुरा गर्न संघर्षशील छ उहाँले भन्नुभयो, “जातीय विभेद अझै संस्थागत छ, सञ्चार माध्यम अझै समावेशी छैनन्, र दलित आवाज अझै पनि मुख्यधारबाट बहिष्कृत छ । यही यथार्थलाई बदल्न जागरण मिडिया सेन्टर स्थापना भएको हो । ”

साधरण सभाको समेत अध्यक्ष रहनुभएका जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले राज्य संरचना, नीति निर्माण र सञ्चार प्रणालीमा अझै पनि जातीय दृष्टिकोणबाट निर्देशित भएकाले सञ्चार माध्यमहरूमा दलित समुदायको प्रतिनिधित्व अब्बव बनाउन जागरण मिडिया सेन्टरले का मगर्न पछी नपर्ने बताउनुभयो ।

उहाँले जागरण मिडिया सेन्टर राज्यको असमावेसी चरित्र र असानता र विभेदको पराकाष्ठाको चीरफार गर्न सूचना उत्पादन र सम्प्रेषण गर्ने सञ्चार सस्था भएको उल्लेख गर्नुभयो । जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक राज कुमार विकेले राज्यले नागरिक समाज संघ संस्थाहरुमाथी नीतिगत रुपमा हस्तक्षेप गर्दा दलित तथा सीमान्तकृत समुदायको आवाज कुण्ठित हुने गरेको बताउनुभयो ।

उहाँले राज्यको नागरिक समाजमाथी नीतिगत हस्तक्षेतकारी भूमिकाले अन्तराष्ट्रिय गैरसरकारी तथा दातृ निकायको आर्थिक र प्राविधिक सहयोग र समन्वयको प्रभावकारीता घट्ने र जसका कारण आगामी दिनमा नेपालका नागरिक समाज र संघसंस्थाका लागि थप चूनौती बढ्ने उल्लेख गर्नुभयो ।  

त्यसैले अव नागरिक समाज लगाएत गैरसरकारी संघ सस्थाले संस्थागत विकास र दिगोपनाका लागि आफ्नो आन्तरिक रणनीति बलियो बनाउने र वैकल्पिक स्रोत साधनको व्यवस्थापनमा लाग्नुपर्ने उहाँले भन्नुभयो ।

यसैवीच संस्थाको कार्यसमितिलाई पुर्णता दिने क्रममा महासचिवमा जगलाग नेपाली, कोषाध्यक्षमा रिँकु दासलाई मनोनित गरिएको छ । साथै सदस्यहरुमा पुरन दर्नाल र रुपा गहतराज पनि मनोनित हुनुभएको छ ।२६ औ साधरण सभामा संस्थाको सांगठिनक प्रतिवेदन, आर्थिक प्रतिवेदन र संस्थागत रणनीति र नीति नियम लगातका विभिन्न एजेण्डाहरुमाथी छलफल भएको थियो ।  

साधरण सभामा सस्थाका साधरण सदस्य तथा सहभागीहरुले रेडियो जागरण, दलन सिरियलको चर्चा लोकप्रियता र योगदानको चर्चा गर्दै जागरणको आगामी कार्यदिशा, संस्थाको दिगोपना र संस्थागत विकासको लागि उज्जवल भविश्य कामना गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update