बुटवल- नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।
पौडेलसहित एमाले नेता कार्यकर्ताविच भएको छलफलपछि घिमिरेले तत्काल एमाले नछाडने गरि सहमति गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, ‘पार्टीबाट अलग भएको बताएका घिमिरेलाई पौडेलको पहलमा एमालेमै रहने निचोड निस्किएको हो ।
रुपन्देही क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरे एमाले छाड्न लागेपछि जिल्लाको राजनीतिमा तरङ्ग आएको थियो । छलफलमा सहभागी नेताहरूले विष्णु पौडेलको पहलपछि घिमिरे एमालेमै सक्रिय रहने बताएका छन् ।
घिमिरेले भने विभिन्न मिडियामा आफू एमाले छाडेर रास्वपातिर जान लागेकाे संकेत गरेका थिए। उनले पाैडेलसंगकाे छलफलपछिकाे प्रतिक्रिया भने जनाएका छैनन । उनकाे माेबाईल अफ छ ।

