Lumbini Rise
गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा गोकर्ण, रामकुमारी सहितको दावी

बुटवल- नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ।

क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ। गोकर्ण विष्टको एकल सिफारिश गर्ने गरी तयारी भएपनि थप ५ जनाले आकांक्षा व्यक्त गरेपछि निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिशको टुंगो लागेको छैन।

 

एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले क्षेत्र नम्बर १ मा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको बताए। उनले क्षेत्र नम्बर २ बाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो नलागेको जानकारी दिए।

नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेपछि विष्टको एकल सिफारिश भएन। डाक्टर नगेन्द्र अर्यालले आफुपनि आकांक्षी रहेको भन्दै टेलिफोनमा नाम टिपाएका थिए।

क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले क्षेत्र नम्बर २ बाट कसको नाम पठाउने भन्ने कुनै निर्णय नभएको जनाएका छन्।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update