आर्थिक पत्रकारिता पुरस्कारबाट भुसाल पुरस्कृत, अग्रज तीन पत्रकार सम्मानित
बुटवल- उद्योग ब्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ। सातौं वार्षिक साधारणसभाको अवसरमा शनिबार उक्त पुरस्कार प्रदान गरिएको हो ।
साधारणसभाका अवसरमा उद्योग ब्यापार संघ बुटवलले ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयां र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै अग्रज पत्रकारहरु डा. बालकृष्ण चापागाई,दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्रले सम्मान गरिएको छ । यस्तै संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रुपमा सम्मान गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०८२ २०:३७
प्रतिक्रिया दिनुहोस्

