Lumbini Rise
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस

 

कपिलवस्तु - नेकपा एमालेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा निर्वाचनका लागि अधिकारकर्मि मिना परियार सहितलाई सिफारिश गरेकाे छ ।

क्षेत्रीय समन्वय कमिटीले  प्रतिनिधिसभा सदस्यका लागि परियार सहित नेत्रराज अधिकारी, अकबाल अहमद शाह र सेराज अहमद फारुकीको नाम प्रस्ताव गरेकाे हाे ।

बैठकले उक्त नामहरू सर्वसम्मत रूपमा प्रस्ताव गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक सि.बी. गहतराजले जनाए ।  सहभागी सदस्यहरूले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली प्रस्ताव गरिएको बताएका छन् ।

प्रस्तावित उम्मेदवारहरूको नाम अब पार्टीको उच्च तहमा सिफारिसका लागि पठाइने जनाइएको छ । साथै बैठकले आगामी दिनमा निर्वाचन केन्द्रित गतिविधिहरूलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

बैठकलाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शिव कुमारी थारु,  एमाले नेता सुशील कुमार श्रीवास्तव, सराज अहमद फारुकी, साधु राम खनाल, नेत्रराज अधिकारी, अर्जुनकुमार  के.सी., लंक बहादुर हमाल, गोपाल बहादुर थापा, मिना कुमारी परियार लगायतले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update