Lumbini Rise
गुल्मी २ वाट रास्वपाका शालिकराम घिमिरेले उम्मेदवारी दिने 

 

बुटवल - युवा व्यवसायी तथा राजनीतिज्ञ  सालिकराम घिमिरेले गुल्मी क्षेत्र नम्बर २ मा  प्रतिनिधि सभा लागि उम्मेदवारी रास्वपा वाट  दिने घोषणा गरेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका वार्ड १  जन्मेका घिमिरे रास्वपाको स्थापनादेखी पार्टीका विभिन्न भूमिका हुँदै हाल प्रदेश उपाध्यक्ष रहेका छन् । उनले अहिले उक्त क्षेत्रबाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  

सुरुमा  नेपाल विद्यार्थी सङ्घ राजनीति यात्रा सुरु गरेका घिमिरे गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्ववीयु यस्तै काठमाडौँ शङ्करदेव क्याम्पस नेवी सघको इकाई कमिटी बसेर काम गरेका थिए । अध्ययनसँगै  विभिन्न युरोपियन मुलुक बसेर  घिमिरे  नेपाल कोभिड बेला विभिन्न सामाजिक काम  तथा अन्य  उपकारको काम  खटिँदै आएका थिए ।नेपाल रास्वपा पार्टी गठन हुदाँ देखी नै  पार्टीमा जोडिएर काम गर्दे अहिले लुम्बिनी प्रदेश उपसभापति बनेका छन् । 

युवा पुस्ताको आवाज बुझ्ने र आर्थिक क्षेत्रको ज्ञान भएका कारण आफू यस क्षेत्रको लागि उपयुक्त पात्र भएको उनले दाबी गरे । घिमिरे व्यवसायसँगै दर्जनौँ सामाजिक संघ (संस्थामा आबद्ध रहेकाले  स्थानीय मतदातासँग नजिक  रहेको बताउँछन् । उनले मुलुकलाई सुशासन कायम गर्न  र गुल्मी क्षेत्र नम्बर २ विभिन्न विकास  निर्माणको लागि काम गर्न आफ्नो क्षमता भएको दाबी गर्दछन्।

गुल्मीको तत्कालीन हस्ती चौर गाउँपालिका पूर्व गाविस अध्यक्ष होम नाम घिमिरे छोरा र हजुरबुवा पनि सुरुदेखि राजनीति रहेको आफ्नो परिपार राजनीति संस्कार युक्त भएको दाबी गर्दछन्  उक्त क्षेत्र एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचित हुँदै आएका छन्। उहिले पनि विष्ट नै एमालेबाट उम्मेदवारी बन्ने निश्चित  रहेको छ । विष्टसँगको प्रतिस्पर्धा घिमिरेलाई चुनौतीपूर्ण हुने स्थानीयको बुझाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update