Lumbini Rise
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल - माघे सङ्क्रान्ति तथा थारु समुदायको महान् पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बिहीबार परेको माघे सङ्क्रान्ति र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । लुम्बिनी प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिएको थियो । 

 

 

सोही निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय तथा स्थानीय तहका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update