Lumbini Rise
कपिलबस्तुका काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश

बुटवल- नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस गरिएका कांग्रेस नेता बिरेन्द्र कुमार कनौडिया एमालेमा प्रबेश गरेका छन । शनिवार दिउसो २ बजे काठमाण्डौमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गरेका हुन् ।

कांग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रबेश गरेको श्रोतको भनाई छ । ‘ कांग्रेसको किचलोमा फस्नु भन्दा एमाले मै रहन उचित लागकोले एमालेमा प्रबेश गरेको हुँ' कनाैडियाले भने । उनले अहिले आफु बिभिन्न छलफलमा ब्यस्त रहेकोले बिस्तृत रुपमा पछि कुरा गर्ने बताए ।

यसअघिकाे प्रदेशसभामा  उनी नेपाली काग्रेस लुम्बिनी प्रदेश सासद तथा संसदीय दफका नेता थिए ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update