बुटबल- नेकपा एमाले रुपन्देही नेता खुमकान्त पौडेलले पार्टी छाडेका छन्।
रुपन्देही तिलाेतमा निवासी विगत २२ वर्षदेखि नेकपा (एमाले) मा रहेका पाैडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दे आजदेखि पाटी छाडेका घाेषणा गरेका छन्।
सिद्धान्त, नीति र कार्यक्रमलाई आत्मसात् गर्दै पार्टीको तल्लो तहदेखि विभिन्न जिम्मेवारीमा रही जिल्ला कमिटी सदस्य, क्षेत्रीय समिति सदस्य, तथा निर्वाचन परिचालन कमिट समेत बसेर काम गरेका थिए। तर पछिल्लो समयमा पार्टीमा असन्तुष्ट थिए ।
'पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, घुसखोरी, भ्रष्टाचार, अराजक केन्द्रीयकरण, गुटबन्दीकरण जस्ता प्रवृत्तिहरूले आजको मिति देखि नेकपा (एमाले) को सदस्यता त्याग गरी गर्न बाध्य भए' प्रेस विज्ञप्तिमा उल्लेख्य छ।
यसअञि नेकपा एमालेबाट लुम्बिनी प्रदेशकाे।महान्याधिवक्ता भएका थिए । एमालेका नेता लिला मुख्यमन्त्री भएकाे बेला पाैडेल महान्याधिवक्ता नियुक्त भएका थिए ।


