Lumbini Rise
विष्णु पाैडेल पाल्पा २ बाट उम्मेद्वार, रूपन्देही २ किन छाडे?

बुटवल - नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने भएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकले उमेदवार चयन गरेको हो ।

पौडेल रुपन्देही–२ छाडेर पाल्पा-२ गएका हुन् । रुपन्देही-२मा एमालेले जित्न गाह्रो हुने कार्यकर्ताको ब्रिफिङपछि पौडेल पाल्पा-२ पुगेको स्थानीय कार्यकर्ताहरु बताउँछन् । पाैडेल २०६४, ७० काे संविधानसभा निर्वाचन तथा २०७९ र २०७४ काे प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।

अघिल्लो निर्वाचनमा मुस्किलले चुनाव जितेका उनले याे पटक रूपन्देही २ मा सकस देखेपछि पाल्पा उक्लिएका हुन । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update