बुटवल–नेकपा एमाले रूपन्देही क्षेत्र नं २ बाट विष्णु पौडेललाई नै उम्मेद्वार बनाउन एमाले क्षेत्रिय कमिटिले आग्रह गरेको छ । एमाले रुपन्देही क्षेत्र न. २ को आईतबार बुटवलमा बसेको बिस्तारित बैठकले सार्वजनिक एमालेका उम्मेदवारहरूको नामावलीप्रति गम्भिीर असहमति प्रकट गर्दै सचिवालयलाई पुनर्बिचार बिचार गर्न सर्वसम्मत रूपमा आग्रह गरेको हो।
बिकाशका हिसाबले बिष्णुप्रसाद पौडेलले रुपन्देहीलाई धेरै काम गरेको भन्दै पाल्पा २ मा नपठाउन केन्द्रीय किमिटिलाई निर्णय पुर्नविचार गर्ने निर्णय गरेको एमालेका नेता मोहन चापागाईले बताए ।
पौडेललाई रुपन्देहीबाटै उम्मेदवार बन्न सर्वसम्मत निर्णय गरेको क्षेत्रिय अध्यक्ष ऋषि पाण्डेले बताए । क्षेत्रिय समितिले पौडेलकै नाम एकल सिफारिस गरेको थियो । तर, शनिबार सार्वजनिक सूचीमा पौडेललाई पालपा २ बाट उम्मेद्वार बनाइएको छ ।
रुपन्देही २ मा भने होल्ड राखिएको छ । यसबारे पौडेलले केही नभनेपनि उनी निकट नेता कार्यकर्ताहरुले पौडेललाई रुपन्देहीमै राख्नुपर्ने मत राखेका छन् ।

