रुपन्देही २ बाट विष्णु पाैडेल नै उम्मेद्धार हुने पक्का
बुटवल - रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पाैडेल नै उम्मेद्धार हुने भएका छन् । यसअघि हिजाे पाल्पा २ बाट उम्मेद्धार बनाउने निर्णय सार्वजनिक भएकाे थियाे ।
एमाले केन्द्रीय समितिले रुपन्देही २ बाटै पाैडेलालाइ उम्मेद्धार बनाउने निर्णय गरेकाे एमालेका नेता खिमलाल भट्टराइले बताए ।
रुपन्देहीका पार्टी कार्यकर्ताको दवाव पछि केन्द्रले उक्त निर्णय सच्याएर रुपन्देहीकाे क्षेत्र नं २ मा पाैडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हाे।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १८:००
प्रतिक्रिया दिनुहोस्

