Lumbini Rise
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार

बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ।

आइतबार पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्। 

एमाले उपाध्यक्ष पौडेलसँग पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । यसअघि एमालेका उपाध्यक्ष समेत रहेका पाैडेल पाल्पा-२ बाट उठ्ने भएपनि आइतबार अपरान्हतिर फेरी रुपन्देही २ मै चुनाव लडने निर्णयमा पुगेका छन् । 

 

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि अहिले दलहरूले धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update