Lumbini Rise
नेकपाले पनि रूपन्देहीमा टुंग्यायाे उम्मेद्वार 

 

रुपन्देही — नेपाली कम्युनिष्ट पार्टी, रुपन्देहीले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५ वटै क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ।

पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट घनश्याम यादव, क्षेत्र नम्बर २ बाट सुबास पाण्डे (विश्वदिप), क्षेत्र नम्बर ३ बाट फैज अहमद खान, क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव र क्षेत्र नम्बर ५ बाट वकिल मुसलमान उम्मेदवार रहेका छन्। क्षेत्र नम्बर ४ का बाबुलाल एकीकृत समाजवादी पृष्ठभूमिका हुन ।

रूपन्देही २ का पाण्डे लामाे समय पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसंग काम गरि पुन नेकपामा समाहित भएपछि उम्मेदवार बनेका हुन् । बाकी ३ जना माओवादी पृष्ठभूमिका हुन् ।

सबै उम्मेदवार टुंगो लागेकाे भन्दै चुनावी अभियानमा हाेमिन नेपाली कम्युनिष्ट पार्टी रूपन्देहीका नेता निर्मल जिसिले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update