Lumbini Rise
रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला

बुटवल - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ।

 

 

 

बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका रुपन्देही इन्चार्ज पंकज राईका अनुसार नागिलालाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको हो।

नागिला तत्कालीन अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहँदै माओवादी सशस्त्र द्वन्द्वका बेला शिक्षकको जागिर छोडेर पार्टी राजनीतिमा सक्रिय भएका थिए।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update