बुटवल – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ले आफू जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा ओर्लेको बताएका छन् । जेनजी आन्दोलनले नवयुगाहरुको मागलाई उठाएको बताउँदै आफू त्यहि युवा पुस्ताको आवाज सहित संसद प्रवेश गर्ने हुटहुटीका साथ मैदान उत्रेको बताएका हुन् ।
नेपाली कम्यूनिष्ट पार्टी रुपन्देहीले सोमबार बुटवलमा राखेको उम्मेद्धार घोषणा तथा परिचयात्मक कार्यक्रममा बोल्दै उम्मेदार पाण्डेले सुशासन, सामाजिक न्याय र संविधानको सुदृढीकरणका लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।
उनले आफ्नो स्व.बुवा भक्ति पाण्डेसँग निर्वाचन लडेका एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रेको बताए । ‘म कुनै सपना देखाउन उम्मेद्वार हुँदैछैन’ उनले भने –‘देशको परिवर्तन र जनताको आकाक्षा पूरा गर्न आएको हुँ ।’ उनले निर्वाचन सबैको एकताले जित्ने बताउँदै सबैको सहयोगको अपेक्षा गरे । उक्त अवसरमा नेकपाका नेताहरुले बोल्दै पाण्डे कुनै दाग नलागेको र युवा जुझारु नेता भएकाले चुनाव जित्नेमा कुनै शंका नरहेको बताए ।
घोषणासभामा नेपाली कम्यूनिष्ट पार्टीका नेताहरु निर्मल जिसि, कमल भण्डारी, आकाक्षीहरु पुष्प ढकाल, सुजित विश्वकर्मा, शंकर घर्ती, रिज्नु श्रेष्ठ, मनाेज राना, मधु पन्थी लगायतले बोल्दै चुनावी अभियानमा खरो रुपमा लाग्ने बताए ।

