रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट नेपाली कम्यूनिष्ट पार्टीका उम्मेद्वार हुन् सुभाष पाण्डे (विश्वदीप) । पाण्डे जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गरेका पाण्डेय आफू जनताको उम्मेद्वार भएको बताउँछन् । नेकपा माओवादीको जनयुद्धदेखि शान्तिप्रक्रियासम्म, संघीय समावेशी गणतन्त्रको स्थापनायात्रादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्म काम गरेका उनी रुपन्देही सैनामैना निवासी हुन् । को हुन त विश्वदीप ।
राजनीतिकविरासत र जिम्मेवारी
राजनीति र जनसेवाविश्वदीपकालागिसिकाइको विषयमात्रहोइन, उनेको विरासतहो।नेपाली कम्युनिष्ट आन्दोलनकाचर्चित धरोहर, सबैका प्रियभक्तिप्रसाद पाण्डे ‘चाचा’का सुपुत्रविश्वदीपले साहस,इमान्दारिता र सिद्धान्तनिष्ठ राजनीतिको परम्परालाई निरन्तरतादिँदै आएका छन्।
पञ्चायतकालदेखि जनयुद्धसम्म, अन्याय–अत्याचारका विरुद्ध जनताको शासन स्थापनाकालागि ‘चाचा’ले देखाएको निडरता र नैतिक राजनीतिको उत्तराधिकारीहुन् विश्वदीप ।आजनयाँ सन्दर्भमा त्यो इतिहासलाई नयाँउचाइदिनप्रतिनिधिसभानिर्वाचन२०८२ को मैदानमाउभिएका छन्।
बाल्यकाल र शिक्षा
जन्ममितिः २०४३ असोज १२ ।
जन्मस्थानः अर्घातोष, अर्घाखाँची ।
परिवारः राजनीतिक ।
जन्मलगत्तै ६ महिनामै रुपन्देहीबसाइँसरेको पाण्डे परिवारको स्थायीठेगानासैनामैना नगरपालिका–१,बनकट्टाबन्यो ।उनको बाल्यकाल राजनीतिकचेतनाले भरिएको परिवेशमाबित्यो। खेल्ने आँगनमै राजनीतिथियो, त्यसैले हेर्ने दृश्य र फेर्ने सासमा राजनीतिमिसिनु स्वाभाविकबन्यो।
अर्घाखाँचीबाटै वामआन्दोलनमाहोमिएका ‘चाचा’ रुपन्देही आएपछि झन् सक्रिय बने। हर्रेबर्रे काण्डदेखि यातायातमजदुर आन्दोलनसम्म, सुकुम्बासीको हक हितदेखि मजदुर–व्यवसायीको भलाई कोष स्थापना सम्म उनको सक्रियता अनुकरणीय थियो।यहीवातावरणले विश्वदीपलाई समाज, संघर्ष, परिवर्तन र राजनीतिको पाठ घरमै सिकायो।
बुटवलका लुम्बिनी र नमूनाबोर्डिङ स्कूलबाट स्कुले शिक्षा पूरा गरेकाविश्वदीपले काठमाडौँको रत्नराज्यलक्ष्मीक्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकअध्ययन पूरा गरेका छन्। विचार निर्माण, संगठन, अध्ययन–अनुसन्धान र लेखन उनका रुचि र कर्मका क्षेत्र हुन्।

राजनीतिकअनुभव
भक्तिप्रसाद पाण्डे ‘चाचा’ माओवादीआन्दोलनका नेता र सांसद मात्र होइन, जनयुद्धका महत्वपूर्ण पात्र पनि थिए।यही पारिवारिक पृष्ठभूमिले विश्वदीपलाई सानै उमेरदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा काम गर्ने अवसर दिएकाे उनी बताउँछन् ।
माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरुमाउनले माओवादीशीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगाले भूमिका निभाएका थिए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमालामो समयकार्यरत विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय सचिव/सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरे उनले ।
त्यसैगरी, संयोजकपुष्पकमलदाहाल‘प्रचण्ड’को पछिल्लो प्रधानमन्त्रीकार्यकालमायुवातथा सामाजिकविकास विज्ञको भूमिकामा समेत उनले योगदान दिए।
डा. भट्टराई नेतृत्वको तत्कालीननयाँशक्ति पार्टीको प्रचार विभागप्रमुखभइसकेका विश्वदीप हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य हुन्।
अन्तर्राष्ट्रिय अनुभव
दुबईमाआयोजित‘कोप–२८’, चीनको एशियालीखेलकुद उद्घाटन समारोह लगायतकाअन्तर्राष्ट्रिय कार्यक्रमहरूमानेपाल सरकारको प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागिताजनाइसकेका छन्।
साथै अमेरिका, अष्ट्रेलिया, युरोप, एशिया र अफ्रिकाकादर्जनौं देशको भ्रमणमार्फत उनले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक व्यवहारको गहिरो अनुभवहासिल गरेका छन्।संगठन, जनसम्पर्क र डिजिटल अभियानमादक्षविश्वदीपजिम्मेवारीप्रति खरो उत्रने युवानेता हुन्।
सम्भावनाका सेतु
नेपालको शान्तिप्रक्रियाको दशक (२०६२–२०७२)मा युवा उमेरमै उनले खेलेको भूमिका र आर्जन गरेको राजनीतिक ज्ञान लोभलाग्दो छ।विद्रोहीपक्षनेकपा (माओवादी) का शीर्ष नेतासँगै रहेर वार्ता, संवाद र रस्सा कस्सीका कठिन क्षणहरु भोग्दा उनले समन्वय र समझदारीको सेतु बन्ने क्षमता विकास गरे।
आजको राजनीति पुस्तान्तरणको चरणमा छ।जेन–जी पुस्ताको उदयसँगै अनुभव, विचार, शैली र गतिबीच समन्वयअनिवार्य बनेको छ। पुस्ताबीच निषेध होइन, संवाद र आदानप्रदान आवश्यक छ।
पुरानो पुस्ताको विरासतमाहुर्किएका, पाको पुस्तासँगै काम गरेका र नयाँ पुस्ताको प्रविधि र ऊर्जामा रमाइरहेका विश्वदीप पुस्तागत समन्वयका स्वाभाविक सेतु हुन्। त्यसैले संघीय संसददेखि रुपन्देही–२ का गाउँ, टोल, सडक र चोकसम्मउनको भूमिका प्रभावकारी हुनेछ।
प्रधानमन्त्री र अर्थमन्त्रीकार्यालयदेखि राज्यकाविभिन्ननिकाय र अन्तर्राष्ट्रिय मञ्चसम्मआर्जन गरेको अनुभवले जनतार सत्ताबीचको दूरी घटाउने सामथ्र्य उनमाछ। आजको राजनीतिविचार र निष्ठासँगै ‘डेलिभरी’पनिहो ।र, त्यो ‘डेलिभरी’दिन सक्ने क्षमता सहितविश्वदीप आज उभिएका छन्।

