रुपन्देही ४ मा नेकपा संयुक्तबाट फडिन्द्र तिवारीको उम्मेद्वारी
रूपन्देही - नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट निर्वाचन क्षेत्र नं ४ मा फडिन्द्र तिवारीले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घनश्याम भुसाल नेतृत्वको पार्टीबाट तिवारीले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय, रूपन्देहीमा मंगलबार दिउँसो तिवारीले आफ्नो मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत दीप बहादुर विष्टले बताए । तिवारीले वर्तमान अवस्थामा आफू जनताको प्रतिनिधिका रुपमा मैदानमा उत्रेको बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ २१:४०
प्रतिक्रिया दिनुहोस्

