बुटवल- कपिलवस्तु क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पत्रकार चिन्ता परियारले (Right to Recall) जनताले जनप्रतिनिधि फिर्ता बोलाउने अधिकारलाई आफ्नो मुख्य चुनावी एजेन्डा घोषणा गरेका छन्।
नेपालको चुनावी इतिहासमा राईट टु रिकललाई स्पष्ट, औपचारिक र सार्वजनिक रूपमा चुनावी एजेन्डा बनाउने उनी देशकै पहिलो उम्मेदवार हुन् ।
परियारले एकपटक जितेपछि पाँच वर्षसम्म जनताप्रति जवाफदेही नहुने राजनीतिक संस्कृतिको अन्त्यका लागि यो व्यवस्था अनिवार्य रहेकाे बताउछन्।
उनले भने, “जनताले काम नगर्ने, भ्रष्ट वा घमण्डी प्रतिनिधिलाई बीचमै हटाउन पाउनुपर्छ । यही लोकतन्त्रको वास्तविक शक्ति हो, र यही मुद्दा लिएर म देशकै राजनीतिमा नयाँ बहस सुरु गर्दैछु।”
राईटु रिकल लागू भएमा जनप्रतिनिधि सधैं जनताको निगरानीमा रहने र लोकतन्त्र थप उत्तरदायी हुने विश्वास परियारले व्यक्त गरेका छन् । उनले स्वतन्त्र रूपमा उम्मेद्बारी दिएका हुन् ।

