Lumbini Rise
पाल्पा क्षेत्र न.२ मा सोमप्रसाद पाण्डेले सुरू गरे चुनावी अभियान

बुटवल- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र न. २ का उम्मेद्वार सोमप्रसाद  पाण्डेले चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजा र सिद्वबाबा सुरूगमार्ग अगाडि पत्रकार सम्मेलन गरि चुनाबी अभियानको सुरुवात गरेका हुन् । 

यस पटक व्यक्तिगत रुपमा चुनाबी मैदानमा होमिने इच्छा नभए पनि पाल्पाबासीको आग्रहमा उम्मेदवार बनेको बताए । ‘म अहिले व्यक्तिगत रुपमा भन्ने हो भने चुनावमा उम्मेदवार हुने इच्छा त्यति थिएन्, पाल्पाका धेरै जसोले तपाई यो पटक जसरी भए पनि उठ्नु पर्छ भने पछि म निर्वाचनमा होमिएको हुँ,’– उनले भने । २०७९ सालमाको निर्वाचनमा आफु पराजित भएको र त्यस पछि विकासका कामहरुले गति लिन नसक्दा आफुलाई निर्वाचनमा उठन् आग्रह गरेको बताए । 

पूर्वमन्त्री समेत रहेका पाण्डेले आफु सांसद मन्त्री हुँदा मात्रै नभई अन्य समयमा पनि पाल्पाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको बताए । 

यस्तै उम्मेदवार पाण्डेले सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफुहरुले विशेष भूमिका निर्वाह गरेको बताए । उनले अर्थमन्त्री युवराज खतिवडा हुँदा सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत पुग्दैन भन्दा आफु अनसन बस्ने चेताबनी दिएपछि मात्रै सुरुर्माग निर्माणका लागि बजेटको सुनिश्चिता भएको बताए ।

‘सुरुमार्ग निर्माण गर्ने लगानी राज्यको हो, यसको निर्माणका लागि मैले धेरै प्रयत्न गरेको छु, अर्थमन्त्रीले बजेट सुनिश्चता गर्न आनाकानी गर्दा म अनसन बस्ने चेतावनी पनि दिएको हुँ । मैले सडक बने यता झण्डै १ हजार जनाले ज्यान गुमाउनु परेको छ । नागरिकको जिउ ज्यान भन्दा ठूलो कुरा केही होइन्, जसरी पनि सुरुङ मार्ग बनाउनै पर्छ भनेपछि बजेट सुनिश्चिता भएर निर्माण भएको हो,’– उनले भने। 

यस्तै नेपाली कम्युनिष्ट पार्टी जेनजीहरुले उठाएको देशमा सुशासन ल्याउनका लागि प्रतिबद्ध रहेकाले सबै जेनजीहरुलाई पार्टीमा आउन समेत आग्रह गरे । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update