वुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप)ले रिटर्नी नेपालीहरूबाट नेपालले लाभ लिने बतावरण आवश्यक रहेकाे बताएका छन् । रिटर्नी सेन्टर नेपालले शनिबार बुटवल १२ मिलनपार्कमा आयाेजित भेला तथा वनभाेज कार्यक्रमलाई सम्बाेधन गर्दै उनले रिटर्नीहरूकाे ज्ञान, सिपलाई उपयाेग गर्ने नीति बनाउनुपर्ने बताएका हुन् ।
उनले विगतमा नेपालमा नै पहिलोपटक रिटर्नी उद्यमशील कोष स्थापनाका लागि १ अर्ब बजेट विनियाेजित गरिएकाे स्मरण गर्दै एमाले सरकारले यसलाई राेकेकाे बताए । नेपालीहरू बाध्यताले विदेशिनुपरेकाे बताउदै अब संसदबाट वैदेशिक राेजगारीमा गएर फर्केकाहरूलाई उद्मिशलतासंग जाेडेर देशकाे आर्थिक विकासमा जाेडनुपर्ने बताए ।
उनले अहिले यसवाहरू वैदेशिक राेजगारीमा जादा ठिगनुपरेकाे बतमउदै यसका लागि वडातहबाटै सेवा प्रवाह र नियमनकाे वातावरण बनाउन पहल गर्ने बताए । 'वैदेशिक राेजगारी जाने अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता रहनेछ' उम्मेदवार पाण्डेले भने -'त्यसरी जाने युवाहरूलाई सहज र निशुल्क किसिमले जाने व्यवस्था गर्न पहल गर्छु ।'
उनले वडा तहमा नै वैदेशिक रोजगारमा जानेहरूकाे बैंकले बिना ब्याज ऋण दिने र विदेशबाट त्यही खातामा पैसा पठाउने व्यवस्था गर्न सकिजे बताए । "यसाे गर्दा मेनपावरहरूले ठग्ने, अनावश्यक रकम असुल्ने बन्द हुने, हुण्डी कारोबार अन्त्य हुन्छ ' उनले भने ।
मुख्य कुरा दक्ष कामदार पठाउने, ठगी रोक्ने, मर्यादित आप्रवासन र उनीहरूले पठाउने रकम नेपालको उत्पादनमा प्रयोगको संरचना तयार नै हो । फर्केपछि त्यहाँ सिकेको सीप र पेशालाई स्टार्टअपका माध्यमले उद्यमशिलतामा विकास गर्ने

