Lumbini Rise
प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीपको भेट : 'माहोल बढ्दै छ, चुनाव जितिन्छि'  

बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही २ को निर्वाचनबारे चासो व्यक्त गर्दै उम्मेद्वार विश्वदीप पाण्डेसँग जानकारी लिएका छन् ।

लुम्बिनी प्रदेशको महत्वपूर्ण सहर बुटवल र बुद्धजन्मस्थल लुम्बिनी रहेको क्षेत्र भएकाले प्रचण्डले रुपन्देही २ बारे बिशेष चासो राखेका हुन् । उम्मेद्वार पाण्डेसँग निर्वाचनको माहोलबारे जानकारी लिदैं आफूलाई सकरात्मक प्रतिक्रिया प्राप्त भएकाले संयोजक प्रचण्डले उत्साही देखिएका थिए । उम्मेद्वार पाण्डेले रुपन्देहीमा आफ्नो पिता स्व. भक्ति पाण्डेको विरासत र नयाँ पुस्ताको समेत भावनाको प्रतिनिधित्व आफूले गर्ने भएकाले मोहोल आफ्नो पक्षमा बढ्दै गएको विफ्रि गरेका थिए । 

संयोजक प्रचण्डसँग आफूले विश्वसम्पदा लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवल रुपन्देहीसँग तमाम सपना र सम्भावना जोडिएकाले व्यवस्थित विकासले सिंगो मुलुकको मुहार फेर्न सकिने अवधारण बताएको उम्मेद्वार पाण्डेले बताए ।

रुपन्देही निर्वाचन क्षेत्र न. २ को सामाजिक, राजनीतिक र आर्थिक विकासका लागि गर्न सकिने कामहरू र सम्भावना बारे उत्साहजनक छलफल भएको भन्दै पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 'पार्टी नेतृत्वको हौसला, जिल्लाको सिंगो पार्टीपंक्ति र रुपन्देहीवासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको अपार मायाले यो सपना साकार पार्न सकिन्छ भन्नेमा विश्वस्त भएको छु' उनले फेसबुकमा लेखेका छन् । 

आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टीका पाण्डे सहित एमालेका उपाध्यक्ष विष्णु पौडेल, नपाली काँग्रेसका चुन्न प्रसाद पौडेल, रास्वपाका सुलभ खरेल चुनावी मैदानमा उत्रेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update