Lumbini Rise
इलाका प्रहरी कार्याय बुटवलका डिएसपि श्रीवास्तवलाई स्वागत

बुटवल - इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवलाई बुटवलमा स्वागत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हाल्न आएका प्रनाउ श्रीवास्तवलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।

मंगलबार संघमा आयोजना गरिएको कार्यक्रममा प्रनाउ श्रीवास्तवलाई स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन कायम राख्ने सवालमा भरपर्दो व्यवस्थापन मिलाउन आग्रह गर्नुभयो । उहाँले आगामी फागुन २१ हुने प्रतिनीधि सभा निर्वाचनको सन्दर्भमा समेत सुरक्षा व्यवस्थापनमा केही चुनौती आउन सक्ने भन्दै सन्तुलित र तटस्थ व्यवहारले ती चुनौती समेत व्यक्तिगत करिअर निर्माणमा अवसर बन्न सक्ने बताउनु भयो ।

त्यस अवसरमा प्रनाउ श्रीवास्तवले प्रहरीको पहिलो दायित्व र कर्तव्य शान्ति सुरक्षा कायम राख्ने भएकाले त्यस कुरामा आफू कत्तिपनि विचलित नहुने बताउनु भयो । उहाँले प्रहरी सेवामा आफ्नो करियर बनाउने समेत समय रहेकाले प्रहरीको व्यवसायिकतालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले बुटवलमा रहँदा भविश्यमा समेत सम्झना गर्न लायक काम गर्ने बताउँदै यस क्षेत्रको शान्ति सुरक्षालाई दीगो र भरपर्दो बनाउनको लागि केही नयाँ गर्ने सोंच आफूसंग रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका सरोकारवालाहरुसंग छलफल गरेर योजना बनाउने र त्यसमा सहयोग गर्न समेत आग्रह गर्नुभयो । प्रहरी सेवामा केही कमीकमजोरी पनि हुन सक्ने बताउँदै त्यस्ताकुराहरु औंल्याईदिन आग्रह गर्दै तत्कालै त्यसलाई सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्त ढकाल, सचिव प्रतिक पोखरेल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update